सुनसरीमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु, टिपरमा आगजनीको प्रयास

इटहरी : सुनसरीमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

शनिबार (आज) देवानगञ्ज–हरिनगर सडकमा को १ ख ६४३१ नम्बरको टिपरले साइकलमा सवार पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट देवानगञ्ज गाउँपालिका ७ का ५५ वर्षीय झल्लु उराँवको मृत्यु भएको हो ।

उराँवलाई हरिनगर गाउँपालिका–४, हरिनगर बजारस्थित टिपरले ठक्कर दिएको सुनसरी प्रहरीले जनाएको छ ।

घटनापछि हरिनगर क्षेत्र तनावग्रस्त बनेको छ । भिड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

आक्रोशित स्थानीयबासीले टिपरमा आगजनीको प्रयाससमेत गरेका छन् ।

घटनामा संलग्न टिपरका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।