रुख काट्ने क्रममा रुखको हाँगाले लागेर इलाममा एक जनाको मृत्यु

इलाम। देउमाई नगरपालिका ९ जितपुरस्थित सुङ्गुरे डाँडा बस्ने एक जना युवाको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगाले लागेर आइतबार मृत्यु भएको हो । रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगाले लागेर उनी घाइते भएका थिए ।

तत्काल घाइते भएका जबेगुलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि झापाको बिएन्डसी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

जबेगुको शवलाई बिएण्डसी अस्पतालमा नै राखिएको र थप अनुसन्धानको काम भइरहेका जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन् ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖