झापामा क्लासिक टेक इन्टरनेट कम्पनीको गाडीको ठक्करबाट ६५ वर्षीय वृद्धको मृत्यु

झापा- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ।

प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय गर्वसिंह राईको शनिबार बिहान मृत्यु भएको हो।

ना४च ४०८४ नम्बरको क्लासिक टेकको हात्ती गाडीले कनकाई नगरपालिका-८ लक्ष्मीपुरस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान ८:५५ मा बाटो काट्दै गरेका राईलाई ठक्कर दिएको थियो।

विर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको उक्त गाडीले राईलाई ठक्कर दिएको थियो।

राईलाई तत्कालै उपचारको लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्ने क्रममा राईको शनिबार राति साढे ९ बजे मृत्यु भएको थियो। मृतक साधारण व्यक्ति रहेका छन्।

झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार  गाडी र चालक पर्सा वीरगञ्ज महानगरपालिका-१६ का ३० वर्षीय दीपक गुप्तालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।
चालकमाथि सवारी ज्यान मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

‘लापरबाही’पूर्वक सवारी साधन चलाएको आरोपमा गुप्तालाई प्रहरीले आवश्यक कारबाही थालेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ज्यान मार्ने मनसाय लिएर दुर्घटना गराएर मानिसको मृत्यु भए कसुरदारलाई जन्मकैद सजाय हुने व्यवस्था छ।

त्यसैगरी, उक्त ऐनमै कसैको ज्यान जान सक्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई लापरबाही गरी सवारी चलाउँदा मानिसको ज्यान गएको भए त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षदेखि १० वर्षसम्म कैद तथा तीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रहरीले चालक गुप्तामाथि सवारी तथा यातायात व्यवस्था ऐनद्वारा निर्देशित सबै कसुर र सजायबारे निष्पक्ष अनुसन्धान गरी कारबाहीको लागि अनुसन्धान जारी रहेको बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।