गढीमाई मेलाबाट फर्कदै गरेको स्कार्पियो दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते

बारा । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो गएराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

बा १६ च ३१६२ नम्बरको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको रौतहटका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको छ । तीव्र गतिको स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार मृतक अधिकांशको सनाखत हुन बाँकी छ। उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीले बताएको छ ।

सिरहाको अर्नमा गाउँपालिका-३ बाट गढीमाई मेला गएको र फर्किन लागेको बेला दुर्घटनामा परेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।