सामाजिक सञ्जाल फेसबुकमार्फत लोभ देखाएर ठगी गर्ने झापा बिर्तामोडका एकजना सहित तीनजना पक्राउ
झापा । सामाजिक सञ्जाल फेसबुकमार्फत लोभ देखाएर ठगी गर्ने झापा बिर्तामोडका एकजना सहित तीनजना पक्राउ परेका छन्।
पक्राउ परेकाहरूमा बिर्तामोड-३ निवासी २१ वर्षीय अजित भण्डारी, गोरखा सिरनाचोक-५ निवासी १९ वर्षीय विपिन मक्राती, र नुवाकोट म्यागङ-२ निवासी २१ वर्षीय मधु तामाङ रहेका छन्।
उनीहरूलाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो।


