झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित लागुऔषध सहित ६ जना पक्राउ

विराटनगगर, मंसिर २६ गते । झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जना पक्राउ परेका छन ।

मंसिर २५ गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २६ बर्षीय अजय राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको बिराटनगर-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा संखुवासभा बाह्रविसेका ३८ बर्षीय जीवन तामाङलाई २० ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१६ का २७ बर्षीय संजीप राईलाई उनको कोठाबाट निषेधित औषधी स्पासपेन र ओपोट्याव समेत गरी २६३० ट्यावलेट सहित र धरान-१५ का २६ बर्षीय आकाश राईलाई ट्रामाडोल ७५ क्यापसुर र स्पासपेन ७५ ट्यावलेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बराहक्षेत्र नगरपालिका-६ का संदिप तामाङ र भोक्राहा नरसिंह-४ का अनिस उरावलाई ट्रामाडोल क्यापसुल ९० पत्ता सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।