भक्तपुर महाेत्सव सुरू, भक्तपुर विहान एउटा, दिउँसो अर्काे र राति अर्कै देखिन्छ’

भक्तपुर । भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ ।

 

 महोत्सव पुस २ गतेसम्म गरी पाँंच दिनसम्म चल्नेछ ।  २६ वर्षपछि भक्तपुर नगरपालिकाले दोश्रो महोत्सव गर्न लागेको हो । यसअघि वि.सं. २०५४ साल कात्र्तिक ६-१० गतेसम्म पाँच दिनको पहिलो पटक “भक्तपुर महोत्सव” गरिएकाे थियाे । 

 

यसबाहेक २०६९ साल असोज ६ गते एक दिने “भक्तपुर सडक महोत्सव – २०६९”, २०७६ पुस १६ गते “सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन प्रदर्शन”, २०७९ चैत्र १८–१९ गते “सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला”, २०८० श्रावण २० गते “भक्तपुरका पोखरीहरुको पदयात्रा मेला” र २०८० पौष १४ गते “बहाबही पदयात्राका साथ योमरी उत्सव” सफलता पूर्वक सम्पन्न गरेको थियोे । 

 

भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरी पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ । महोत्सवका अन्य उद्देश्यहरुमा यहाँका नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रर्वद्धन गरी यसलाई आर्थिक गतिविधिसंग जोड्न आवश्यक वातावरण तयार गर्ने रहेको जनाएको छ । भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी यसको व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने पनि महोत्सवको उद्देश्य रहेको छ ।

आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पाँंच दिने महोत्सवभरी भक्तपुरमै बसेर सम्पूर्ण भक्तपुरलाई नजिकबाट चिनेर जान अनुरोध गरे । ‘गहिरिएर हेर्ने हो भने भक्तपुर विहान एउटा, दिउँसो अर्काे र साँझ वा राति अर्कै देखिन्छ,’ उनले उदाहरण दिंदै थपे, ‘जसरी हिमाल विहान सेतो, दिउँसो सफा अनि साँंझ रातो देखिन्छ, त्यसरी नै भक्तपुरलाई एकैदिनमा फरकफरक रुप देख्न सकिन्छ ।’  

महोत्सवका मुख्य आकर्षणहरुका रुपमा सांस्कृतिक कार्यक्रममा बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक साँस्कृतिक नाच देखाइने छ भने  प्रदर्शनीमा पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी जीवित देवी, दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमूना आदि) मेला महोत्सव (खाना महोत्सव, व्यापार मेला, दही महोत्सव) मनोरञ्जनात्मक गतिविधि (नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकुद) आदि इत्यादि रहेको जनाइएको छ ।

 

 
महोत्सवलाई पूरै महोत्सवमय बनाउन नगरका ३२ ठाउँहरुमा फरक फरक प्रदर्शनीहरु रहने जनाइएको छ । नगरका विभिन्न स्कुल, कलेजहरु, सहकारी संस्था आदि इत्यादि संस्थाहरुले पनि आफनै रुपमा आफनै ठाउँं वा विभिन्न ठाउँंहरुमा विभिन्न प्रदर्शनीहरु गरिने जनाइएको छ । 
भक्तपुर देशकै सानो जिल्ला (११९ वर्ग कि.मी.) । भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिकामध्ये एक हो । नेपालको राजधानी काठमाडांैबाट १३ कि.मी. पूर्वमा अवस्थित भक्तपुर नगर भौगोलिक रुपमा सानो नगर (६.८८ वर्ग कि.मी.) भए पनि नेपालकै एक महत्वपूर्ण सा“स्कृतिक र ऐतिहासिक नगर हो ।

 

२०७८ को जनगणना अनुसार भक्तपुर जिल्लामा कुल ४ लाख ३२ हजार १ सय ३२ जनसंख्या रहेको छ भने भक्तपुर नगरपालिकाभित्र ७९ हजार १ सय ३६ जनसंख्या बसोबास गर्दछन् । यस नगरमा आदिवासी नेवारहरुकोे बाहुल्यता रहेको छ । मौलिक नेवारी जीवनशैली र परम्परामा आधारित यहाँका साँस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरु विश्व प्रसिद्ध छन् । 

भक्तपुरकोे मौलिक सा“स्कृतिक पहिचानलाई सम्मान गर्दै सन् १९७९ मा युनेस्कोले भक्तपुरको दरबार क्षेत्र लगायतका सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गरेको थियो । भक्तपुर नगर भक्तपुर जिल्लाको प्रशासनिक केन्द्र मात्र नभई नेपालकै ऐतिहासिक र सा“स्कृतिक केन्द्रको रुपमा समेत परिचित छ । यहा“का शताब्दीऔं पुराना मठ– मन्दिर, बहाबही, देवालय, शिवालय, पीठ, द्योछे“, दरबार, सत्तल, पाटीपौवा र ढुङ्गेधारा विश्वस्तरकै वास्तुकलाका नमूना हुन् । वार्षिक लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरु यहा“का मूर्तिकला, चित्रकला र धातुकलाका उत्कृष्टता देखेर मोहित भएर फर्किन्छन् । भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका ती अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पार्ने प्रयास गरिरहेको छ निरन्तर । 

महोत्सवलाई व्यवस्थित र भव्यताका साथ संचालन गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरु, निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको सहभागितामा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र १ सचिवालय समिति गठन गरी निरन्तर भव्य तयारी चलिरहेको छ । यसकारण यतिखेर भक्तपुर महोत्सबमय बनेको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।