वीरगंज महानगरले दैनिक ज्यालादारी कर्मचारी हटाउँदै

बिरगञ्ज, २९ मंसिर । वीरगंज महानगरपालिका कार्यालयले पुनः दैनिक ज्यालादारीमा खटाइएका कर्मचारी हटाउन पहल थालेको छ।

महानगरपालिकाले सबै वडामा पत्राचार गर्दै आफूखुसी ज्यालादारीमा खटाइएका कर्मचारीलाई अबदेखि काममा नखटाउन र डोर हाजिरी प्रमाणित नगर्न निर्देशन दिएको छ।

महानगरको प्रशासन शाखाका अनुसार यसपटक २४५ जना दैनिक ज्यालादारीका कर्मचारी हटाइनेछन्। महानगरका प्रमुख कार्यकारी अधिकृत अरविन्दलाल कर्णले साउन महिनादेखि नै सबै ज्यालादारी कर्मचारीलाई हटाउन निर्देशन दिइसकेको जानकारी दिए।

 

मासिक तलबभत्ता दिन असमर्थ

 

महानगरका अनुसार अहिले आर्थिक अभावका कारण दैनिक ज्यालादारी कर्मचारीलाई मासिक तलबभत्ता उपलब्ध गराउन सक्ने अवस्था नरहेको छ।

 

प्रमुख कार्यकारी अधिकृत कर्णले भने, “महानगरसँग आर्थिक भार थेग्न सक्ने अवस्था नभएकाले सबै वडालाई पुनः पत्राचार गरी यो निर्णयबारे जानकारी गराइएको छ।”

 

यसअघि, महानगरले झण्डै ७०० जना ज्यालादारी कर्मचारीलाई हटाइसकेको थियो। हाल महानगरले आफ्नै कानून निर्माण गरी, कुन स्थानमा दैनिक ज्यालादारी कर्मचारी खटाउन सकिने भन्ने विषयलाई स्पष्ट पारेको छ।

 

महानगरको नयाँ नीति महानगरले निर्माण गरेको नयाँ कानूनी संरचनाअनुसार अब महानगरले आवश्यकताअनुसारमात्र कर्मचारी खटाउने निर्णय गरेको छ। कर्णले भने अब कानूनी दायराभित्र रहेर मात्रै महानगर अघि बढ्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।