‘विद्यार्थीमा जागिर खाने होइन, खुवाउने मानसिकताको विकास गराऔं’

भक्तपुर, २९ मंसीर । भक्तपुरमा शनिबार भएको एउटा कार्यक्रमका सहभागीहरुले कलेज पढ्ने अहिलेका विद्यार्थीमा जागिर खाने नभई खुवाउने मानसिकताको विकास गराउनुपर्नेमा विशेष जोड दिइएको छ ।
 
त्यसका लागि कलेजहरुमा अध्यापन गराउँंदा शिक्षकहरुले त्यस विषयमा विशेष ध्यान दिनुपर्ने खाँंचो उनीहरुले औैल्याए ।  काठमाडौं वल्र्ड स्कुल सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू भक्तपुरले एमवीए कार्यक्रम सुरु गरेको अवसरमा कलेजमा आयोजित कार्यक्रममा सहभागीहरुले त्यही अनुसार विद्यार्थीलाई शिक्षण गराउनुपर्नेमा विशेष ध्यानाकर्षण गराए । 
 
काठमाडौं वर्ल्ड स्कुल सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू भक्तपुरका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झाले आफूहरुले त्यही अनुसारका अध्यापन गराउने योजना रहेको जानकारी गराए । त्यसका लागि विद्यार्थीलाई सैद्धान्तिकसँंगै व्यवहारिक शिक्षण सिकाइमा जोड दिने उनले त्यस अवसरमा बताए । साथसाथै आफूहरुले आफना विद्यार्थीलाई जागिर खुवाउने बनाउन त्यही अनुसारका वातावरण तयार पार्न विद्यार्थीलाई सहयोग गर्ने पनि उनले जनाए । 

काठमाडौं वल्र्ड स्कुल नेपालकै प्रख्यात व्यापारिक समूह सिजी समूहले सञ्चालन गरेको स्कुल हो । हाल यहाँं कक्षा १२ सम्म मात्रै पढाई हुन्छ । तर अहिले काठमाडौं वल्र्ड स्कुल अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्ट (केडव्लूएसईएम) कलेज सञ्चालनमा ल्याई एमवीएको पढाई थालेको हो । नेपालकै सुुदुरपश्चिम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी उसले एमवीए कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

व्यवसायका भावी नेतृत्वकर्ताहरुलाई शशक्त बनाउँंदै भन्ने उदघोषका साथ उसले यो वर्षदेखि एमवीए कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । विद्यार्थीको अनुकुलताको आधारमा विहान वा साँंझको समयमा कक्षा सञ्चालन गर्ने योजना राखेको कार्यक्रममा बताइयो । कार्यक्रममा बढीमा ३० जनाको कोटा रहको जनाएको छ ।  तर पनि न्युनतम १० दस जनाको कोटा पूरा भयो भने कक्षा सञ्चालन गर्ने योजना रहेकोे कार्यक्रममा बताइयो । 

कार्यक्रममा सहभागीहरुका लागि स्लाइडमार्फत प्रस्तुतीकरण पनि गरेको थियो । कलेजका प्रशाशन प्रमख सची पाण्डले एमवीए कार्यक्रमबारे प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा एकेडेमिक डिरेक्टर एण्ड क्वालिटी कन्टोलर अफ सीजी लनिंगका एन्किला लामाले अनुभब सेयरिंग गरेकी थिइन् । कार्यक्रममा संस्थाका प्रमुख गौरब शर्मा, अफिसियल्स अफ मार्केटिंग डिपार्टमेन्टका सोनिया थापामगर र हरिहर राणा, मार्केटिंग एक्जुकेटिभ अफिसर सुमन मानन्धरलगायतले लन्च गरिएको कार्यक्रमबारे चर्चा गरेका थिए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।