मोरङमा तीव्र गतिको मोटरसाइकल मध्यरातमा दुर्घटना हुंदा बाबु–छोराको मृत्यु

मोरङ : मोरङमा तीव्र गतिको मोटरसाइकल मध्यरातमा दुर्घटना भएको छ । दुर्घटनामा बाबु–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति १२ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका २ झोराहाट चौकस्थित घिनाघाट सडक खण्डमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको थियो ।

प्रहरीकाअनुसार मोटरसाइकल चालक ग्रामथान १ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिक र पछाडि सवार ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । उनीहरू बाबु–छोरा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल पठाइएपनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।