चाड पर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।

किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको आ–आफ्नै कला, संस्कृति, रीतिरिवाज रहेको उल्लेख गर्नुभएको छ । ७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरभित्र १२२ जातजातिको बसोबास रहेको स्मरण गराउँदै मेयर कोइरालाले सबैको बेग्लाबेग्लै कला, संस्कृति, परम्परा र रीतिरिवाजले विराटनगर सांस्कृतिक रुपमा धनी सहर रहेको बताउनुभएको छ ।

उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने उनले विश्वास व्यक्त गर्नुभएको छ । “यस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गर्नेछ । विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता पर्वका कारण आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु,” मेयर कोइरालाले शुभकामना सन्देशमा भन्नुभएको छ ।

यस्तै मेयर कोइरालाले नेवार समुदायले मनाउने यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी हुन् भन्ने मलाई लाग्दछ । उधौली र यःमरी पुन्हिले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्दै सामाजिक एकता कायम राखोस् भन्ने शुभकामना दिन चाहन्छु ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।