मोरङबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

मोरङ, मंसिर ३० गते । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २९ गते दिउँसो इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलिले बेलबारी नगरपालीका-१ सिसौली चोक स्थितबाट बेलबारी-१० का २२ बर्षीय करण मगरलाई प्रतिबन्धित औषधी ट्रामाडोल-५० क्यापसुल र डाईसी-५० ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने मोरङ सुन्दरहरैँचा नगरपालिका-९ सलकपुरका २४ बर्षीय अभिषेक बस्नेतलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले लागुऔषध खैरो हिरोईन १ ग्राम २० मिलिग्राम सहित विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थितबाट नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।