धरानबाट प्रतिबन्धित औषधी र गाँजा सहित ८ जना पक्राउ

सुनसरी, पुस १ । सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ३० गते दिउँसो लागुऔषध बेचबिखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ट्रामाटोल ४ सय १७ क्याप्सुल, नियन्त्रीत औषधी स्पासपेन ४ सय २३ ट्याब्लेट, ५ सय २० ग्राम गाँजा सहित धरान-१५ का २३ बर्षीय सौरब जिमी, धरान-१३ का २३ बर्षीय आविस्कार घताने, २३ बर्षीय अनुराग राई, धरान-१६ का २४ बर्षीय अनिस बस्नेत, २२ बर्षीय सतिस श्रेष्ठ, २४ बर्षीय रोहन गुरुङ र धरान-११ की २० बर्षीया मिना तामाङ समेतलाई पक्राउ गरेको छ । यसै गरी धरान-१७ स्थितबाट प्रदेश १-०२-००२ ह१६५५ नम्बरको अटो भित्र ७ वटा बोरामा १ सय २३ किलो ३९ ग्राम गाँजा सहित चालक धरान-१७ का ३१ बर्षीय धन बहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।