लागूऔषध कारोवार नियन्त्रण गर्न डिएसपी राईको पहलमा बिशेष कार्यक्रम

सञ्जय मिश्रा /रौतहट, १ पुस। पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित लागू औषधको कारोवार नियन्त्रण गर्न प्रहरीले बिशेष कार्यक्रम सञ्चालन गरेको छ।

 

ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको सक्रियतामा लागुऔषध कारोबार नियन्त्रण गर्न बिशेष कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो चरणमा चन्द्रपुर नगर क्षेत्रभित्र संचालनमा रहेका औषधि मेडिकल पसल ,क्लिनिक ,अस्पतालका संचालकहरूसंग प्रहरी कार्यालयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

अन्तर्क्रिया कार्यक्रममा डिएसपी राज कुमार राईले शान्ति सुरक्षा सम्वन्धमा राय सुझाब लिई लागुऔषध सम्वन्धि कानूनी जानकारी दिँदै आ(आफ्नो व्यवसायमा मापदण्डहरूको पालना,  कानून बमोजिम बन्देज गरिएको कुनै पनि औषधिहरू ९लागूऔषध० विक्रिवितरण नगर्ने नगराउने लगायतका विषयहरूमा बताएका थिए।

यस आर्थिक वर्षमा हालसम्म ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले लागु औषध सहित ५ जना मानिस नियन्त्रणमा लिएर कार्वाहीको दायरामा ल्याएको छ। उक्त अवधिमा लागु औषधको गाँजा २६ केजि ५६० ग्राम, नशालु ईन्जेक्सन दाईजिपाम २ एम एलको ४८ एमपुल, फेनारगन २ एम एलको ४८ एमपुल, बुप्रेनर्फिन २ एम एलको ४८ एमपुल बरामद गरिएको डिएसपी राईले जानकारी दिएका छन्।

 

चन्द्रपुर नगरक्षेत्र भित्र लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा सुधारको लागि ४ जनालाई पक्राउ गरी सुधार गृह पठाईएको तथा २५ जना मानिसलाई पक्राउ पश्चात लिखित कागज गराएर पहिलो पटकको लागी अभिभावकको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको सूचनामा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।