मोरङको सुनबर्षीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । मोरङको सुनबर्षीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ८:२० बजे सुनबर्षी–५ भेरुवाथानस्थित हुलाकी सडकखण्ड हुँदै बेलडाँगीतर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रकले रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको को ४ प १८२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–९ बालुबारी बस्ने २६ वर्षीय सुबचन ऋषिदेव गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वको टोलीले घाइतेलाई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पताल राखिएको र ट्रक चालक जहदा गाउँपालिका–४ रामचोक बस्ने २९ वर्षीय सुधिर महतोलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।-खबरखेती

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।