मोरङको रंगेली स्थित फार्मेसीमा लागुऔषध बेच्ने संजय पक्राउ

विराटनगर । फार्मेसीमा लागुऔषध बेच्ने एक युवालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको रंगेली नगरपालिका-७ शुक्रबारे स्थित इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री गर्ने २१ वर्षीय संजय कुमार मण्डललाई रंगेली प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको टोली तथा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मण्डललाई सोमबार नियन्त्रणमा लिएको हो ।

फार्मेसीमा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ट्रमाडोल पाँच हजार तिन सय क्याप्सुल, स्पास्पेईन् दुई हजार ट्याबलेट, डाइसे तेह्र हजार छ सय ट्याबलेट प्रहरीले फेला पारेको थियो ।

हाल मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।