झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर, पुस २ । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले बुद्धशान्ती गाउँपालिका-२ का २१ बर्षीय प्रजित तामाङलाई २ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा रंगेली-५ का २७ बर्षीय धिरज कुमार झालाई १० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित र रंगेली-५ का २१ वर्षिय संजय कुमार मण्डललाई निषेधित औषधी TRAMADOL ५ हजार ३ सय क्याप्सुल, SPASPAIN २ हजार ट्याबलेट, DIYSE- १३ हजार ६ सय ट्याबलेट सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले निषेधित औषधी TRAMADOL-१८८ ट्याव्लेट र SPASPAIN-१८८ ट्याव्लेट सहित उदयपुर चौडन्दि नगरपालिका- ४ का ३२ बर्षीय नरजित राईलाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी हलगडा र ट्राफिक प्रहरी पोष्ट हलगडा सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पुष १ गते राती ८ बजे चेकजाँचको क्रममा इटहरी उप-हानगरपालिका-४ स्थितमा BR01BU4280 नम्बरको कारको डिक्की भित्र १८ वटा पोकामा ३६ किलो ८ सय ५० ग्राम गाँजा बरामद भएकोमा उक्त गाँजा र गाडीलाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका मानिस र सवारी साधनको वारेमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।