कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको अनावरण

विराटनगर, पौष २ । कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा विभिन्न भाषामा (लिम्वु, मैथिली, राई र थारु) निर्माण गरिएको लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको कोशी प्रदेशका मा. मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा अनावरण भएको छ ।

पौष २ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कार्कीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुक साथै लिम्वु, मैथिली, राई र थारु भाषामा निर्माण गरिएको लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य समाग्रीको अनावरण समेत गर्नु भएको हो ।

श्रव्यदृश्य समाग्रीको अनावरण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले हालको वर्तमान अवस्थामा बढ्दै गईरहेको लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि कोशी प्रदेश प्रहरी कार्यालयले विभिन्न भाषामा निर्माण गरेको सचेतना मुलक श्रव्यदृष्य सामग्रीले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास दिलाउदै यस भिडियोलाई जनमानसमा पुर्‍याई प्रत्येक आमाहरुसंग समन्वय र सहकार्य गरी समाजमा लागुऔषध दुर्व्यसन नियन्त्रणको लागि सचेतना फैलाउन सम्पुर्णमा आग्रह गर्नु भएको छ ।

साथै वहाँले बढ्दो लागुऔषध दुर्व्यवसनलाई नियन्त्रण गर्न यो भिडियो कोषेढुंगा सावित हुने बताउँदै भिडियो निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालय लगायत सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

यसैगरी कार्यक्रममा बोल्नुहुदै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले लागुऔषध दुर्ब्यसनीहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्ने उद्देश्यले बिभिन्न भाषाहरुमा तयार पारिएको लागुऔषध सम्बन्धी श्रब्यदृश्य सामाग्रीले अभिभावकहरु प्रती एक प्रकारको सकारात्मक छाप छोड्ने र आफ्नो छोरा छोरी लागुऔषध दुर्व्यसनीमा फसेको वा नफसेको लक्षणहरु थाहा पाउन सजिलो हुने हुँदा उक्त श्रब्यदृश्य सामाग्री निर्माण गरिएको बताउनु भयो । साथै वाँहाले उक्त भिडियो सबै तहमा पुर्याउन सामाजिक संजालको महत्वपुर्ण भुमिका रहने हुँदा उपस्थित संचारकर्मी र प्रहरी कर्मचारीहरुसंग सहयोगको लागि बिनम्र अनुरोध गर्नु हुदै उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मा. रेवती रमण भण्डारी, सामाजिक विकास मन्त्री मा. पाँचकर्ण राईले समेत आ-आफ्नो मन्तव्य राख्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मा. राज्य मन्त्री सिर्जना राई, सामाजिक विकाश मन्त्रालयका नि.प्रदेश सचिव दामोदर फुयल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका नि. प्रदेश सचिव कमल थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले सहित प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।