विराटनगर ‘महानगर रोजगार मेला’ मा ३५ सयभन्दा बढीद्वारा अवलोकन ,१६१ जना रोजगारीको प्रक्रियामा

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ सम्पन्न भएको छ ।

विराटनगर–७ स्थित इको पार्कमा सोमबार सुरु भएको मेला मंगलबार सम्पन्न भएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा ३ हजार ५ सय जनाले प्रत्यक्ष अवलोकन गरेका छन् ।

त्यस्तै ३१९ वटा आवश्यकता माग भएको छ । १६१ जनालाई रोजगारदाताले अन्तरवार्ताका लागि बोलाएका छन् । उनीहरुलाई सम्बन्धित कम्पनीले प्रक्रिया पूरा गरेर काममा लगाउनेछ । रोजगार शाखाका कपिल थापाका अनुसार १२ जनाले काम पाइसकेका छन् । उनीहरुले मंगलबारदेखि नै सम्बन्धित कम्पनीमा गएर काम सुरु गरिसकेको थापाले जानकारी दिनुभयो ।

मेला समापन समारोहलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगर रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवाहरुका लागि अवसर सिर्जना गरेको बताउनुभयो । उहाँले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उहाँको भनाइ छ ।

समापनका अवसरमा रोजगारदाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले मेलामा स्टल राख्ने सबैलाई कदरपत्रले सम्मान गर्नुभएको थियो । कार्यक्रममा स्वीस कन्ट्रयाकका कन्ट्री डाइरेक्टर सञ्जय कार्की, आसमान नेपालका गणेश दाहाल, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले महानगरले रोजगार मेला आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताउनुभएको थियो ।

यसअघि गत वर्ष आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए । यस वर्षको मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग आएको महानगरको रोजगार शाखाका थापाले जानकारी दिनुभयो । नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी स्टाप नर्सको माग आएको थापाले बताउनुभयो । उहाँका अनुसार स्टाप नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।