धनकुटाका एक जना सहित सुनसरीबाट ५ जना पक्राउ

सुनसरी, पुस ३ । सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ०२ गते दिउँसो लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बरगाछी र अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१५ का हर्क बहादुर तामाङको घर कोठा खानतलासी गर्दा कोठामा लागुऔषध ट्रामाटोल र स्पासपेन गरी जम्मा ४ हजार २ सय ५० क्यासुल फेला पारेको हो ।

उक्त परिमाणको लागुऔषध फेला परेसगै संगै घर धनी तामाङ, उनको ३१ बर्षीया छोरी काजल तामाङ (लिम्बु) र धरान-७ का २२ बर्षीय एलेन राईलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय धरानले ट्रामाटोल र स्पासपेन ६ सय क्यासुल सहित धनकुटा साँगुरीगढी गाउँपालिका-७ का २५ बर्षीय राजकुमार राईलाई र इलाका प्रहरी कार्यालय भाण्टाबारीले सप्तरी कन्चनपुरका ३८ बर्षीय राज कुमार साहलाई स्पास्मो २४ क्याप्सुल, नेपाली रुपैँया ९७ हजार ८ सय सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।