विराटनगर बसपार्कमा सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने एक जना पक्राउ

विराटनगर । विराटनगर बसपार्कमा मंगलबार साँझ सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का ‘टोले गुण्डा’ भनेर चिनिएका रेमन कट्टेल रहेका छन् ।

उनले मंगलबार राति ९ बजेको समयमा बसपार्कमा विराटनगर–१२ का विजय कामतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहारबाट कामग गम्भिर घाइते भएका छन् । उनको बाँयाँ हातको नाडीमा गहिरो चोट लागेको छ । अहिले विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विराटनगर–११ जनपथ टोलका कट्टेलले आतंक मच्चाउँदै आएका छन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।-सुन्दरहरैचा अपडेट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।