कोशीमा मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी नायव उपरीक्षक जबेगु घोषित

विराटनगर, पुस ३ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुलाई २०८१ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले मंसिर १८ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितमा लागुऔषध गाँजा बोकेको बा.१ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाएको दुईवटा गाडी नियन्त्रण लिने क्रममा गाडीका चालकले तिव्र गतिमा सवारी चलाएको हुँदा ४ राउण्ड गोली फायर गरी उक्त गाडीलाई नियन्त्रणमा लिइ दुवै सवारी साधनबाट ६ सय ९० किलोग्राम गाँजा बरामद गरि चालकलाई पक्राउ गर्न सफल भएको थियो ।

साथै बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको साथै भन्सार चोरी पैठारी गरी ल्याएको करिव १७ लाख ३२ हजार ४ सय ३० रुपैँया बराबरको सामानहरु बरामद गर्न सफल भएको हुँदा प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।