झापाको दमकबाट लागूऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ

झापा । झापाको दमकका तीन युवक लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

सीमावर्ती झापा गाउँपालिका–४ मा भारतबाट नेपालतर्फ आउदैं गरेका दमक नगरपालिका–१ बस्ने २९ वर्षीय किशोर खवास, सोही ठाउँ बस्ने २८ वर्षीय सुरज राजवंशी र २८ वर्षीय सुनिल साह प्लास्टिकसहित २ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा सुनिल साहले प्लास्टिकसहितको ब्राउन सुगर खेतमा फालेका थिए ।

तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖