झापा र सुनसरीमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

बिराटनगर, पुस ०४ गते । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ ।

मंसिर ०३ गते सुनसरीको इटहरी उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्रदेश १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली नगरपालिका-६ का ४३ बर्षीय बलराम सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

त्यसैगरी दुहबी नगरपालिका- ८ स्थितमा बागमती प्रदेश ०१-०२७ च ०४८२ नम्बरको कारले पैदल यात्री स्थानीय ४५ बर्षीय गणेश गुप्तालाई ठक्कर दिंदा घाईते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको र झापाको मेचीनगर नगरपालिका-८ स्थित मे. ७ प १२३४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मेचीनगर-६ का ३४ बर्षीय दिवश प्रधानको B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न ट्याक्टर चालक दुहवी-१० का २३ बर्षीय अविराम माझी र कार चालक सुन्दरहरैचा-३ का २४ बर्षीय राम नाथ जोगीलाई प्रहरीले नियन्त्रमा लिई आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।