प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी प्रमुखहरुलाई भर्चुवल माध्यमद्वारा निर्देशन

विराटनगर,पौष ५ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी प्रमुखहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी तथा तराई जिल्लाका इलाका प्रहरी कार्यालय (क) स्तर सम्मका प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ ।

पौष ५ गते दिउँसो Virtual माध्यमद्धारा निर्देशनको क्रममा वहाँले कार्य सम्पादन सम्झौता बमोजिम कार्यगर्न र भए गरेको कार्य प्रगति विवरण समयमै जाहेर गर्न निर्देशन दिनु भयो । वहाँले सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी, चोरी तस्करी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न प्रहरीले योजनाबद्ध रुपमा दत्त चित्त भएर परिचालन हुन निर्देशन दिनु भएको छ ।

यसै गरी वाँहाले सत्य सेवा सुरक्षणमको मुल मन्त्रलाई शिरोधार्य गरेर सकारात्मक सोचलाई आत्मसाथ गर्दै शरीरलाई जीवन्त राख्नका लागि जसरी मुटु बिश्राम नलिई निरन्तररूपमा चलायमान रहिरहन्छ त्यसरी समाजको मुटुरूपी प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न मुटु अनवरत धड्के जसरी अहोरात्र अथकरूपमा कर्तव्यको बलीबेदीमा आफूलाई समर्पण गरेर आ-आफ्नो पदीय दायित्व अनुसार अनुशासित र कर्तव्यनिष्ट भएर त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरुलाई आफ्नो जिम्मेवारीको रुपमा लिएर गुनासो रहित तवरले प्रहरी कार्य गर्न निर्देशन दिनु भयो ।

निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।