जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित

सञ्जय मिश्रा /रौतहट,२२ पुस। पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ।

 

हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर नियमनकारी निकाय मौन बसेका छन्। 

 

आज बिहान रौतहटको उत्तरिभेग गुजरा नगरपालिका–३ जंगलसहिया पशुपती टोल स्थित जंगली हात्तीले ६ वटा घरमा क्षती गरेको छ। ठूलो दारा भएको जंगली हात्ती एक्लै आएर पशुपती टोल गाउँमा घुमी घुमी ६ वटा घरमा क्षति गरेको स्थानियले जनाएका छन ।

 

बिहान साढे दुई बजे आएको हात्तीले स्थानीय अर्जुन शाही ठकुरीको घरको बार, रामकुमार शाही ठकुरीको घरको बार भत्काएको छ भने श्याम बहादुर, पूर्ण बहादुर, भुटा महरा , हरेन्द्र पासवानको आँगनमा रहेको  धानको भकारी फोडेर क्षती गरेको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले बताएका छन्।

 

बिहान साढे दुईबजे पशुपती टोल गाउँमा पुगेको हात्तीले साढे तीन घन्टासम्म घर घरमा क्षती पुर्याउँदै बिहान ६ बजे जंगलमा फर्केको स्थानिय समाजसेवी कृष्ण पोखरेलले बताएका छन्। हात्ती गाउँमा हुन्जेल गाउँलेहरु डराएर आआफ्नो घरमा लुकेर बसेका थिए। 

 

हात्तीले पुर्याएको क्षति बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही दिन देखि जंगली हात्ती रौतहटको गुजरा, फतुवा बिजयपुर , चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाका साथै बाराको कोल्हवी नगरपालिका अन्तर्गतका कैयौं गाउँहरुमा क्षती पुर्याउँदै आएका छन्। जंगली हात्तीको आतंकले गाउँलेहरु त्रसित भएर नियन्त्रणको माग गरेका छन्।

 

चन्द्रपुर २ र ३ नम्बर वडामा पनि जंगली हात्तीले तहस नहस गरेको छ । केराबारीमा पसेर हजारौं केराको बोटमा क्षति गरे पछि स्थानिय थप आतंकित भएका छन् ।  

 

केही महिना अघि हात्तीको आक्रमणमा परी कोल्हवी एकजना मानिसको ज्यान गएको थियो। हात्ती नियन्त्रणको लागि स्थानीयले पटक पटक आग्रह गर्दा पनि नियमनकारी निकाय मौन रहेको स्थानीयहरूले गुनासो गरेका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।