कोशीमा “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन

बिराटनगर, पुस २२ गते ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन गरेको छ । विविध कारणवस संचालन हुन नसकेको प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रम थप परिमार्जन सहित पुनः संचालन गरिएको हो ।

पुस २२ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीसंग आ-आफ्नो पिरमार्का, समस्या तथा गुनासो राखेका थिए ।

भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुख समक्ष उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालय विराटनगरले यो कार्यक्रम पुनः संचालनमा ल्याएको हो ।

“प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार प्रदेश प्रहरी कार्यलय बिराटनगरले निरन्तररुपमा संचालन गर्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।