गौरको बाणेश्वर मन्दिरमा भेटियो बुद्दकालिन अवशेष, दुर्लभ पञ्जा छाप ईट्टा फेला

सञ्जय मिश्रा /रौतहट, २३ पुस । रौतहटको  गौर स्थित वाणेश्वर महादेव मन्दिरमा बुद्दकालिन पुरानो अवशेष फेला परेको छ।

मन्दिर छेउमा उत्खनन गर्दा बुद्दकालिन पुरानो इँटा लगायतका अवशेषहरु फेला परेको हो।

गौर नगरपालिका २ स्थित वाणेश्वर महादेव मन्दीर छेउ पुरातात्विक विभागको टोलीले गरिरहेको उत्खननको क्रममा सोमवार ऐतिहाँसिक भग्नावशेषहरु फेला परेको हो।

गौर नगरपालिकाका मेयर शम्भु साहको पहलमा पुरातत्व विभागको टोलीले पछिल्लो ११ दिन देखि गरिरहेको उत्खननको क्रममा बुद्दकालिनका इँटा लगायत भग्नावेश भेटिएको छ।

मन्दीरको पछाडी र अगाडी ४ फिट गहिरो उत्खनन गर्दा सिम्रौनगढका तत्कालीन राजा हरी सिंह देवको समयका इटाहरु बरामद भएको छ।
उत्खननमा माटोको गाग्री, घोडाको मकुट, खेलौना लगायतका सामाग्री बरामद भएको छ।

पुरातात्वविद देबेन्द्र तिवारीले उत्खननमा धेरै महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएको बताएका छन । मन्दिर छेउमा चार फिट गहिरो उत्खनन गर्दा मन्दिरको गारो फेला परेको छ । गारोमा प्रयोग भएको इँटाहरु २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिटिर चौडाई र ६ सेन्टिमिटर बाक्लो रहेको छ। कुनै कुनै इँटामा औंलाको छाप देखिएको छ जुन सिम्रौनगढको आसपास उत्खननमा पाईएको झण्डै २५ सय बर्ष पुरानो इँटासँग मेल खाने पुरातत्वबिद तिवारीले स्पष्ट पारेका छन्।
बानेश्वर मन्दीरको पछाडी विश्वकर्मा मन्दीरको दक्षिण तर्फ उत्खनन गर्दा पाँच दिन सम्म केही भेटिएको थिएन पछि महत्वपूर्ण अवशेषहरु भेटाउन थालिएको छ। उत्खननमा माटोका पुतलाहरु प्रशस्त पाइएकाले तत्कालीन समयमा समृद बस्ती भएको अनुमान गरिन्छ।

मेयर शम्भु साहले बाणेश्वर मन्दिर ,शिवालय मन्दिर र सोवर्णामाई मन्दीर ऐतिहाँसिक भएकाले उत्खननमा महत्वपूर्ण पुरानो भग्नावेशहरु प्राप्त हुने बिश्वास ब्यक्त गरेका छन्।

उनले ६५० बर्ष पुरानो ऐतिहाँसिक महत्वका भग्नावशेषहरु फेला परेकाले यहाँ धार्मिक पर्यटनको सम्भावना हुने मेयर साहले बताएका छन्।

१३३५ ई सम्म चलेको सिम्रौनगढका राजा हरी सिंह देवको शासन कालमा उक्त मन्दिरको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ।

केहीबर्ष अघी सम्म मन्दिर वरपरको खेत जोत्दा वा खेतमा कोदालो चलाउदा खपडाका टुक्राहरु फेला पर्नेगरेको थियो। 

उक्त मन्दिर छेउमै ऐतिहाँसिक ईनार रहेको छ। उक्त इनार पनि मन्दिर संगै निर्माण गरिएको र सोहि इनारको पानीले मन्दिर भित्रको शिवलिङ्गमा जलाभिषेक हुने गरेको स्थानीयहरुले बताएका छन्।

१९९० सालमा आएको महाविनाशकारी भूकम्पको प्रभावले गौर लगायत आसपासका इनारहरुबाट बालुवा र कोइला निस्केको थियो l
तर मन्दिर छेउको इनार माथी भूकम्पको कुनै प्रभाव परेन भुकम्प पछि पनि ईनारको पानी पिउने लायाक नै रहेको गौरका बुढापाकाहरू बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।