भूकम्पका कारण सोलुखुम्बु र ओखलढुंगामा गरि दुई घर भत्कियो
काठमाडौं । छिमेकी देश चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी चीनसँगको सीमावर्ती जिल्लाहरुमा असर देखिएको छ ।
कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भने हुन पुगेको छ ।
सशस्त्र प्रहरीका अनुसार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा २ तले घरको गारो सामान्य चर्किएको छ । स्थानीय हर्क बहादुर खत्रीको ढुंगा माटोले बनेको २ तले घरमा क्षति पुगेको हो ।
त्यस्तै ओखलढुंगाका केही घरमा क्षति पुगेको छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ चुहानछाप बस्ने हिमाल कार्कीको ढुङ्गा माटोले बनेको घर सामान्य चर्किएको हो ।
त्यस्तै ओखलढुंगाकै चिसंखुगढी गापा ५ सिरीसेका इन्द्र बहादुर परियारको जिर्ण अवस्थामा रहेको भान्सा घर पूर्ण रुपमा भत्किएको सशस्त्र प्रहरीले जनाएको छ ।
आज बिहान नेपाली समय अनुसार ६ः५० बजे नेपालमा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परी चीनमा हालसम्म ५३ जनाको मृत्यु भएको छ । कम्तीमा ६२ जना घाइते हुँदा हजारौँ घरहरुमा क्षति पुगेको छ ।


