७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौँ महानगरपालिका

काठमाडौं, २६ पुस २६ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ ।

 

‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरुको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको हो । माघ ३ गते सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ । तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्युआर कोड वा लिङ्कबाट आवेदन गर्न सकिनेछ । 

 

आवेदक मध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिनेछ । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर सञ्चालन गर्न लागिएको तालिममा ७२० जना शिक्षकलाई सहभागी गराइनेछ । यसमा काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका र महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा राखिनेछ । स्थायी बसोबास जहाँको भए पनि काठमाडौँ महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखिएको छ । 

 

शिक्षा विभागले आज शिक्षकहरुलाई तालिम सम्बन्धी सूचना जारी गरेको छ । यसअन्तर्गत माघ ३ र ४ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । हरेक विषयमा ६० जना शिक्षकलाई तालिममा सहभागी गराइनेछ ।  माघ ३ गतेदेखि ८ गतेसम्म प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरुका लागि केन्द्र सञ्चालन व्यवस्थापनका लागि तालिम हुनेछ । यस समूहमा ९० जना शिक्षकलाई सहभागी गराइनेछ । 

 

कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका २७० जना शिक्षकलाई माघ ३ गतेदेखि माघ ७ गतेसम्म तालिम सञ्चालन हुनेछ । एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन यस समूहका शिक्षकलाई प्रदान गरिन लागेको हो ।  यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने महानगरपालिकाको अपेक्षा छ । 

तालिममा सहभागी हुन इच्छुक शिक्षकहरुले माघ २ गते दिउँसो १ बजेभित्रमा अनलाइनबाट आवेदन दर्ता गराउनु पर्नेछ । तालिममा सहभागी आवेदकको नाम र तालिम केन्द्र यसै दिन प्रकाशन गरिनेछ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।