लियो क्लब अफ भलवारीद्वारा एकसय बढी कम्बल वितरण

भैरहवा । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो अत्याधिक बढेको छ । लियो क्लब अफ भलवारीले चिसो बढेसँगै सिदार्थनगर नगरपालिका र वुटवल क्षेत्रका स्थानीयहरुलाई कम्बल वितरण गरेको छ । क्लबले बिशेषगरी बेवारिसे, असाहय, वृद्ध तथा बालबालिकाहरुलाई मध्यनजर गर्दै एकसय भन्दा बढी  कम्बल वितरण गरेको हो ।

रुपन्देहीमा केहीदिन यता अत्यधिक चिसो बढेको छ । क्लबले भैरहवाको बुद्ध पार्कमा जाडोको कारणले बिभिन्न समस्या झेलिरहेको व्यक्तिहरुलाई कम्बल बितरण गरीएको र यसो गर्दा केहीलाई राहत हुने क्लबकी अध्यक्ष सामना केसी ले बताइन् ।  

युक्त कार्यक्रममा दीपक बोहोरा, महाकाल प्रजापति, चन्द्रमोहन पटुवा, कमला क्षेत्री र इन्द्र चौधरीद्वारा आर्थिक सहयोग गरी कार्यक्रम सफल पारिएको थियो । 

कार्यक्रममा लियो अमित गौण र  महाकाल प्रजापतिले सुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य क्लबका संयोजक लियो अभिषेक चौधरीले राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।