कोशी प्रदेश प्रहरी प्रमुखद्वारा मातहत कार्यालय प्रमुखहरुलाई निर्देशन सम्वोधन

विराटनगर, पुस २७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले मातहत कार्यालय प्रमुखहरुलाई शान्ति सुरक्षा, वर्तमान समसामयिक विषय तथा कार्यसम्पान सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।

पुस २७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको निर्देशन सम्वोधन कार्यक्रममा उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई वहाँले नागरिकको अपेक्षा बमोजिम छिटो छरितो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनिकरण, फरार प्रतिवादी पक्राउ, साईवर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा परिचालन हुन निर्देशन दिनु भएको छ ।

वहाँले हिउँदको समयमा लाग्ने मेला पर्वमा प्रहरी जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मजबुद बनाउन, मेलामा प्रहरीको स्टल समेत राखी सचेतनामूलक पर्चा, पम्प्लेट वितरण तथा PSA बजाई आम नागरिकमा सचेतना अभिबृद्धि गर्न निर्देशन दिनु भएको छ ।

वहाँले कार्यसम्पादन सम्झौतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अनुरोध गर्दै कार्यसम्पादन बमोजिम सर्वोत्कृष्ट कार्य गर्ने कार्यालय प्रमुखलाई पुरस्कृत गरिने बताउनु भयो । साथै वहाँले सिमित स्रोत साधनको वावजुद पनि मेहनतका साथ कोशी प्रदेशमा शान्ति सुरक्षा प्रभावकारी बनाउन महत्वपूर्ण कार्य गर्नु हुने मातहत कार्यालय प्रमुखहरुलाई हृदय देखि आभार व्यक्त गर्नु भएको थियो ।

निर्देशन सम्वोधन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले समेतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।