बाल्मिकी स्कुलमा खेलकुदसहित विविध कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल रेस, म्युजिकल चेयर, म्याथ रेसलगायतका प्रतियोगिता गरेको थियो । त्यस्तै विद्यार्थीहरुको बोल्ने कलाको विकासका लागि वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको स्कुलकी प्रधानाध्यापक सावित्री पराजुलीले जानकारी दिनुभयो ।

विद्यालयले हरेक वर्ष कविता, वादविवाद, वक्तृत्वकला, चित्रकला, खेलकुद प्रतियोगितालगायतका विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको पराजुलीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।