ताप्लेजुङ भानुका पूर्व विध्यार्थीको संस्थाले वृहत ऐतिहासिक कार्य गर्ने

चन्द्र मादेन आन्छन/काठमाण्डौं,पौष २८ । अनाम नगरको तमु वौद्ध भवनमा भानु एल्मुनाई समाज(भानुका पूर्व विध्यार्थीहरुको संस्था) कार्य समितिको वैठक सम्पन्न भयो ।

समितिका अध्यक्ष ई. मेघेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको वैठकले आगामी माघ २१ गते सोमवार सरस्वती पुजाको दिन हीरक महोत्सव (डायमन्ड जुव्ली)को उपलक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानमा नौमती पञ्चे वाजा सहितको झाँकीका साथ नौसय पृष्ठ लामो भानु स्मारिका पुस्तक प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेद्वारा लोकार्पण गरिने योजना भएको कुरा समितिका सचिव एवं स्मारिकाका सम्पादन मन्डल प्रमुख टंक श्रेष्ठले वताऊनुभयो ।

त्यस्तै आर्थिक समितिको संयोजक एवं पूर्व विराटनगर उपमहानगर पालिका प्रमुख ध्रुव नारायण श्रेष्ठले भानुसंग सम्वन्धित पूर्व विध्यार्थी लगायत हरेक चन्दादाताले दिनुभएको प्रत्येक हरहिसाव पारदर्शी ढङ्गले उठाईने र पुस्तक प्रकाशमा लागेको खर्च र महोत्सवमा लागेको लागत उठाई भानुकै हितमा या जिल्लाकै हितमा जेहेन्दार विध्यार्थीहरुको अक्षयकोष खडा गरी विसुद्ध सामाजिक हितमा लगाईने कुरा वताउनुभयो ।

उक्त वैठकले स्मारिका निकाल्न अन्तिम कार्य भैरहेकोले कम्प्यूटर, छापाखाना, कभर, फिनिसिङमा समय अभाव हुनाले आगामी माघ २ गतेषवुधवार सम्ममा रकम दिने(वुझाउने) हरुको नाम मात्र स्मारिका/पुस्तकमा प्रकाशन गरिने हुनाले सवैलाई २ गते अगावै आर्थिक वुझाईदिन विनम्र अनुरोध गरेको छ । स्वेच्छिक आर्थिक पनि उल्लेख्य मात्रामा देशविदेश वाट धमाधम उठिरहेको कुरा आर्थिक समितिकी सह कोषाध्यक्ष मन्जना श्रेष्ठले वताउनुभयो ।

भानु एल्मुनाई समाज (भानुका पूर्व विध्यार्थीहरुको साझा संस्था) गतवर्ष काठमाण्डौमा रहेका पूर्व विध्यार्थीहरुको वृहत भेलाले र्ईन्जिनियर मेघेन्द्र कु. श्रेष्ठ (भानुका पहिलो फस्टडिभिजन) को अध्यक्षतामा खोलिएको कानुनी रुपमा दर्ता भएको पवित्र जनसेवा र मुनाफा रहित संस्था हो । यसको मुख्य उद्देश्य भनेको देशविदेश संसारमा छरिएका प्रत्येक पूर्व भानुका विध्यार्थीहरु एउटै छहारी मुनि वसी (आवद्वभै) एकआपसमा चिनजान, सरसहयोग, वन्धुत्वको भावना लिई भानुकै पूर्व विध्यार्थीहरुको हकहितको निम्ति विसुद्ध सामाजिक कार्य गर्ने पवित्र परोपकारी संस्था रहेको कुरा कार्य समितिकी सदस्य एवं पूर्व प्र.अ. विमला सुव्वा सेनेहाङले वताउनु भयो । साथै वैठकले काठमाण्डौमा रहनुहुने सम्पूर्ण भानुका पूर्व विध्यार्थीहरु र ताप्लेजुङेलाई आगामी माघ २१ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मध्यान्न १२ वजे कार्यक्रममा उपस्थित जनाईदिनुहुन सवैलाई खुल्ला आव्हान गर्यो ।

स्मरणीय रहोस – वि.सं. २००६ साल सुदर पूर्वको ताप्लेजुङ स्थित राणा शासनकै समयमा समाजसेवी सुव्वा हर्कजङ मादेनको अध्यक्षतामा खोलिएको भानु जन माध्यमिक विध्यालमा अध्ययन गर्ने विध्यार्थीहरू मन्त्री, माननीय, सचिव, राजदुत, निर्वाचन आयुक्त, न्यायाधीश, गभर्नर, अञ्चलाधिश, जर्नेल, एआईजिपी आदि विभिन्न राष्ट्र सेवक उच्च पद देखि प्रकान्ड विद्धानहरु जन्माईसकेका छन । आजकल उक्त विध्यालय उच्च मावि पनि पढाई हुनेगरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖