सिलाम साक्मा र च्याब्रुङकाे स्तम्भ अनावरण हुँदै

सुनसरी । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान झल्काउने उद्देश्यले धरानमा निर्माण भएको सिलाम साक्मा र के(च्याब्रुङ) काे स्तम्भ अनावरण हुने भएको छ । समुदायको महान पर्व कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) काे अवसर पारेर स्तम्भकाे उद्घाटन हुन लागेको हाे ।

याक्थुङ लिम्बु समुदायको सामाजिक संस्था कियाचुकाे वडा नम्बर १९ समितिकाे अगुवाइमा निर्माण भएको स्तम्भकाे अनावरण कक्फेक्वा तङ्नामकाे अवसर पारेर माघ एक गते मङ्गलबार एक कार्यक्रमबीच हुन लागेको सचिव वसन्ती थेवेले बताइन् ।

कियाचुका सङ्घीय अध्यक्ष उपप्राध्यापक प्रेम येक्तेनकाे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा समुदायका विशिष्ट व्यक्तित्वहरूकाे पनि उपस्थिति रहने सचिव थेबेले जनाइन् । साे अवसरमा साँझ साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको उनले बताइन् । करिब डेढ महिनादेखि सुरु भएको अभियानले पाैने दश लाख रूपैयाँ बढीको लागतमा स्तम्भ निर्माण गरेको स्मारक निर्माण समिति संयाेजक देउमान ताप्मादेनले बताए । सिलाम साक्मा र के अङ्कित स्तम्भ धरानमै पहिलो मानिएको छ । यसअघि, लिम्बुुवान क्षेेत्रकाे विभिन्न ठाउँहरूमा स्तम्भहरू राखिएका छन् ।

धरान उपमहानगरपालिकाभित्र याक्थुङ समुदायको दाेस्राे ठूलो बसाेबास रहेको इलाकाका रूपमा वडा नम्बर १९ रहेको तथ्यांकले देखाउँछ । वडामा सिलाम साक्मा र केकाे स्तम्भ निर्माणले समुदायको साँस्कृतिक पहिचानलाई सम्बाेधन गरेको निर्माण समितिका सल्लाहकार एवम् लेखक हितराम तिल्लिङले जनाए । उनका अनुसार के(च्याब्रुङ) समुदायको सबैभन्दा महत्त्वपूर्ण साँस्कृतिक बाजा हाे ।

त्यस्तै, सिलाम साक्मा विशेषत: पेगिफाङहाङ (येबा, साम्बा, फेदाङ्मा)ले तङ्सिङ् अनुष्ठान गर्दा प्रयोग गर्छन् । यद्यपि, याे दुई दशकयता साँस्कृतिक चिन्ह र ब्याज रूपमा प्रयोग गरिँदै आएकाे पनि छ । घर निर्माण गरेपछि धुरीमा राख्नेदेखि सवारी साधन हुँदै ढाकाकाे कपडा, टाेपीमा समेत बुट्टाका रूपमा प्रयोग गरिने लहर व्यापक छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।