चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जन प्रथम

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दैै रञ्जना प्रथम भएकी हुन् । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखरिया माविकी छात्रा सिमरन सफल मैनाली द्वितीय भइन् । त्यस्तै सत्यनारायण माविकी छात्रा उमा न्यौपाने तृतीय हुँदा मिल्स माविका रोहित बैठाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । साहित्यकार हरि कट्टेल र स्वीकृति रेग्मी मुनाको निर्णायक समितिले विजेताहरुको नाम घोषणा गरेको थियो । विजेता विद्यार्थीलाई क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र ७ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापापागाईंलगायतले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष नेउपानेले विद्यालय–विद्यालयबीच र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता विकासका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए । वडाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा काम गरिरहेको उनको भनाइ थियो । नेउपानेले प्रतिष्ठानले गर्ने रचनात्मक कार्यका लागि आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले प्रतिष्ठानले मासिक कार्यक्रमअन्तर्गत कविता वाचन, पुस्तक विमोचन, पुस्तक समीक्षासहित अतिरिक्त कार्यक्रम पनि गर्दै आएको जानकारी दिइन् । उनले यसपटकको कार्यक्रममा विद्यार्थीको विद्यालयस्तरदेखि नै पाठ्यक्रमभन्दा बाहिरको पनि ज्ञान र बोल्ने कलाको विकास होस् भन्ने उद्देश्यले अन्तर सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको प्रस्ट पारिन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदितले पाठ्यक्रमको ज्ञानसँगै बाहिरी ज्ञान पनि विद्यार्थीमा हुनु जरुरी रहेको औंल्याए । सीपमूलक र व्यवहारिक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त गर्ने उनको भनाइ थियो । नवोदितले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा बोल्ने कलाको विकास हुनुका साथै ज्ञानको भण्डारसमेत फराकिलो हुने धारणा राखे ।

प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम आयोजना गर्दै आएको महासचिव उमेश दाहालले जानकारी दिए । विराटनगर महानगर क्षेत्रभित्र ५६ वटा सामुदायिक विद्यालय छन् । प्रतिष्ठानले पहिलोपटक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेकाले ११ वटा विद्यालयलाई मात्रै सहभागिता गराएको कार्यक्रम संयोजक निर्मला कोइरालाले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।