काम गर्ने साहुकै घरमा भारतीय व्यक्ति प्रयोग गरी चोरी गरेको आरोपमा दुई जना पक्राउ

सञ्जय मिश्रा,रौतहट – आफू स्वयम् काम गर्ने पसलमा भारतीय व्यक्ति प्रयोग गरी लाखौँ नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-४ का २० वर्षीय चन्दनकुमार जैसवाल र भारत बिहार पूर्वी चम्पारण जिल्ला चैनपुर ग्रामका २० वर्षीय रोहितकुमार साह सोनार छन्।

आरोपी जैसवाल र सोनारमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए।

डिएसपी कार्कीका अनुसार आरोपीद्वय जैसवाल र सोनारले तीन जना भारतीय व्यक्तिलाई प्रयोग गरी कटहरिया-५ का जामुन साह सोनारको घरभित्र रहेको काठको दराज फोडेर दुई लाख बराबरको सुनको गहना चोरी गराएको स्वीकार गरेका छन्।

चोरीको घटनामा संलग्न अन्य तीन जना भारतीय अपराधी फरार रहेको तथा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

माघ २ गते बुधबार बिहान ६  बजे जामुन साह सोनार मर्निङ वाकमा गएको बेला उनको घरमा राखिएको काठको दराजको ताल्चा काटी नगद ३ लाख ५० हजार र डेढ तोलाको सुनको सिक्री चोरी भएको पीडित परिवारले जनाएको छ।

घटनाबारे खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले पीडित जामुन साहको पसलका कामदार भारतीय नागरिक रोहित कुमार सोनार र स्थानीय चन्दन कुमार जैसवाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडा पुर्‍याएको थियो।

पीडित जामुन साहका जेठा छोरा शिवशंकर साहका अनुसार केही दिनअघि उनको घरमा रहेको पानी तातो गर्ने गिजर मर्मत गर्न चन्दनकुमार जैसवाललाई बोलाएका थिए।

सोही समयमा चन्दनले भारतीय कामदार रोहितसँग सबै जानकारी लिएर रोहितको मिलोमतोमा चन्दनले तीन जना भारतीय बोलाएर घटना गराएको शिवशंकरले जानकारी दिएका छन्।

पछिल्लो केही वर्षदेखि रोहित जामुन साहको सुन चाँदी पसलका काम गर्दै आएका थिए। कटहरिया बजारस्थित रहेको सुनचाँदी पसलहरूमा एक दर्जन भन्दा बढी भारतीय कामदारहरू लामो समयदेखि कार्यरत रहेका छन्। तर जुन पसलमा काम गरे त्यसैमा लाखौंको धनमाल चोरी गराएको यो पहिलो घटना भएको सुन चाँदी व्यवसायीले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।