भन्सार छलेको सामान सहित एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ। यसक्रममा मोटरसाइकल चालकसमेत पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ का तस्कर ३६ वर्षीय प्रदीप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन्।

जिल्ला प्रहरी तथा मातहतको गस्ती टोलीले विभिन्न ठाउँमा चेकजाँचको क्रममा भारतबाट भित्र्याइएको २ लाख,७९ हजार ८० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक लगायतका सामान बरामद गरेको उनले बताए।

चौधरी बिआर०६सी २७९२ नम्बरको मोटरसाइकलमा सवार थिए। उनलाई आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

त्यस्तै, भारतीय बजारबाट लुकिछिपी साइकलमा राखेर रौतहटमा ल्याइएको दर्जनौं कुखुरा प्रहरीले बरामद गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।