सशस्त्र प्रहरीका ७ जवान ठग्ने सिन्धुपाल्चोकका सापकोटा पक्राउ

काठमाडौं, ५ फागुन । सशस्त्र प्रहरी बल नेपालको युएन मिसनमा पठाइ दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाइ पक्राउ गरिएको हो ।

सो सुचना प्राप्‍त हुनासाथ यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले सापकोटालाई सोमवार  दिउँसो ३ः०० वजे जिल्ला काठमाण्डौ दक्षिणकाली–०५ फर्पिङबाट पक्राउ गरिएको हो ।
 
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको छ ।
 
प्रहरीका अनुसार  सशस्त्र प्रहरी बलमा कार्यरत ७ जना प्रहरी कर्मचारीहरुबाट मिसनमा पठाउने भन्दै रकम लिएको खुल्न आएको छ । र, उनी विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसूरमा पक्राउ परी कानूनी कारवाही भएका ब्यक्ति भएको पनि खुल्न आएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।