दिवाखाजामा लाखौं हिनामिना, शिक्षकहरू घाम तापेर खान्छन् तलब

मुकेशकुमार यादव/सिरहा । सिरहाको एक विद्यालयमा दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलेको छ। सुखिपुर नगरपालिका–५ लड्कन्हास्थित आधारभूत विद्यालय नवकाटोल लड्कन्हामा विभिन्न शीर्षकमा जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी र प्रधानाध्यापककै मिलोमतोमा लाखों रुपैयाँ निकासा गरी घोटाला गरेको खुलेको हो ।

विद्यार्थी नै नभएको विद्यालयमा नगर प्रमुख रामऔतार यादव र शिक्षा शाखाका कर्मचारी रामभरोसी यादवले प्रधानाध्यापकसँग बार्गेनिङ गरी प्रधानाध्यापकले पेस गरेको विद्यार्थीको विवरणकै आधारमा रकम निकासा गरी व्यापक अनियमितता गरेको स्थानीय बताउँछन् । विद्यालयमा शिक्षकहरुले कामै नगरी तलब भत्तासमेत बुझ्ने गरेका छन् । विद्यार्थी नियमित नआउने भएपछि शिक्षकहरुले दिनभर घाम तापेर समय बिताउने गरेको पाइएको छ ।

विद्यालयमा दुई शिक्षक, एक बालविकास र एक कार्यालय सहयोगीसहित चारजना शिक्षक कार्यरत छन्। हाजिरी रजिष्ट«रमाएक सय १७ जना विद्यार्थीको नाम छ। तर उपस्थितिको अवस्था शून्य छ। कार्यालय सहयोगीसहित चारजना शिक्षक रहेको विद्यालयमा प्रत्येक दिन दुईदेखि चारजना विद्यार्थीको उपस्थिति हुने गरेका छन्।

विद्यालय प्रांगणमा बसेर महिलाहरुसँग गफिरहेकी बालविकास सहयोगी कार्यकर्ता सकुन्तलादेवी यादवले आजमात्र विद्यार्थी कम उपस्थित भएको जिकिर गरे। तर, विद्यार्थी हाजिरी रजिस्ट«रमा गत माघ ६ गतेपछि विद्यार्थीको हाजिरी नै गरिएको छैन भनी प्रश्न गर्दा उनले अलमलमलिँदै भनिन्, ‘विद्यार्थी थोरै उपस्थित हुने गरेकाले हाजिरी नगरिएको हो, प्रधानाध्यापकसँग सल्लाह गरेर हाजिरी बनाउँछौं।’

विद्यार्थी उपस्थित नभए पनि प्रधानाध्यापक हरिप्रसाद यादवको दिनहुँजसो नगरपालिका र सिरहा सदरमुकाम जाने काम पर्छ। कार्यालय सहयोगी महेशप्रसाद यादव विद्यालयकै काम विशेषले नगरपालिका गएको बताए। उनले सरको प्रायः नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइमा काम पर्ने भएकाले गइरहने जानकारी दिए। ‘प्रधानाध्यापक यादव १०–११ बजे नै विद्यालय पुगेर हाजिर ठोक्नु हुन्छ, त्यसपछि कहाँ निस्कने हो कुनै पत्तै हुँदैन,’ उनले भने ।

प्रअ यादवले पछिल्ला दिनमा ३–४ जनामात्र विद्यार्थी उपस्थित हुने स्वीकार गरे। उनले विद्यार्थी उपस्थित नहुनुको कारणबारे भने केही बताउन चाहेनन्। रजिष्टरकै आधारमा पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजाबापतको रकम प्राप्त गर्दै आएको स्विकार गरे। 

पालिकाले प्रतिविद्यार्थी १५ रुपैयाँको दरले दिवाखाजामा वार्षिक करिब चार लाख ३२ हजार, पठ्यपुस्तकको वार्षिक एक सय विद्यार्थीको करिब ३५ हजार र प्रतिविद्यार्थी छात्रवृत्तिबापत एक सयजना विद्यार्थीको करिब पाँच हजार निकासा गरेर प्रधानाध्यापकले प्रत्येक वर्ष यो शीर्षकको रकममा मात्रै पाँच लाखभन्दा बढी हिनामिना गरेको देखिन्छ। 

आधारभूत विद्यालयमा करिब तलब भत्ताबाहेकको सात लाख रुपैयाँ निकासा हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक शिक्षकले बताए। उनले भने, ‘प्रधानाध्यापक हरिप्रसाद यादव आफै नियमित उपस्थित नहुँदा विद्यालयमा दिनदिनै विद्यार्थी आउने क्रम कम भएको छ।’ तर विद्यार्थी नआए पनि विद्यार्थीको सेवासुविधा पालिकासँग बार्गेनिङ गरी पूरै रकम निकासा गर्ने गरेको उनको दाबी छ। विद्यालयले खाजाका रुपमा भने विद्यार्थीलाई पाँच रुपैयाँमा पाइने पार्लेजी विस्कुट दिने गरेको छ।

पालिका प्रमुख रामऔतार यादव दोस्रो कार्यकाल निर्वाचित भएका हुन्। शिक्षा क्षेत्रमै काम गरेर आएका नगर प्रमुख पालिकामा दोस्रोपटक निर्वाचित हुँदापनि शिक्षाको विकासमा काम गर्न नसकेको स्थानीय बताउँछन्। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।