पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार श्रीमती निकिता पौडेलसहित पुगेका हुन् ।

स्वर्णलक्ष्मीको मुद्दामा रविलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । रविलाई कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । अझै सानो पाइला सहकारीको मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता हुन बाँकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।