प्रेस चौतारी रौतहटको अध्यक्षमा अशोक पहाडी चयन

रौतहट ६ फागुन। प्रेस चौतारी नेपाल रौतहटको अध्यक्षमा अशोककुमार पहाडी चयन भएका छन्।

मंगलवार चन्द्रनिगाहपुरस्थित होटल हिमालयनमा सम्पन्न चौतारीको ८ औं अधिवेसनले पहाडीलाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो।
 
त्यस्तै उपाध्यक्षमा कृष्ण तिवारी, महिला उपाध्यक्षमा मञ्जु मानन्धर, सचिवमा मुकेश साह, सहसचिवमा राकेश कुमार यादव, सहसचिव समावेशीमा दीपेन्द्र रजक, कोषाध्यक्षमा अशोक कुमार यादव चयन भएको निर्वाचन अधिकृत केसी लामिछानेले जानकारी दिए ।

साथै, सदस्यमा रुपेश यादव, सरोज मिश्रा, केन्द्रिय परिषद सदस्यमा उत्तम उपाध्याय, महिलातर्फ अपर्णा झा चयन भएकी छिन्।
 
चौतारीको आगामी बैठकले थप ४ जना कार्यसमिति सदस्य मनोनयन गर्ने निर्वाचन अधिकृत लामिछानेले जानकारी दिएका छन्। उनका अनुसार बन्द सत्रमा बृहत छलफल पछि सर्व सहमतिमा नयाँ नेतृत्व टुंगो लागेको हाे ।
 
उक्त अवसरमा प्रेस चौतारीका केन्द्रिय सदस्य केसी लामिछाने, श्याम बनजारा, सञ्जय मिश्रा, केन्द्रिय सचिव कमल उपाध्याय, रमेश तिमलसिना, उत्तम उपाध्याय, लगायतको सहभागिता रहेको थियो।
 
त्यस अघि  प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रमुख अतिथिको रुपमा पानसमा बत्ति बालेर अधिवेसनको उदघाटन गरेका थिए। उक्त अवसरमा चौतारीका केन्द्रिय अध्यक्ष बस्नेत संगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता , केन्द्रिय सदस्य उद्दब रेग्मी, चौतारीका महासचिव हिरामान लामा, समाजबादी प्रेस संगठनका पूर्व केन्द्रिय अध्यक्ष विश्वमणि सुवेदी, एमालेका जिल्ला अध्यक्ष सच्चिदानन्द साह, उपाध्यक्ष बाबुराम दाहाल,,जिल्ला सचिव रुपेश पटेल,एमाले चन्द्रपुरका अध्यक्ष शिव अाचार्य, भुमि आयोग रौतहटका अध्यक्ष अखिलेश चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सञ्जय कार्की, पत्रकार केसी लामिछाने, शिव पुरी, रबिन्द्र साह लगायतले अधिवेशन सफलताको शुभकामना मन्तब्य राखेका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।