प्रकृति लम्सालकाे शव आज साँझसम्म नेपाल ल्याइ सकिने

काठमाडौं, ७ फागुन । भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ । 

भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ । शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए ।

गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शंकास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै आक्रमण र दुर्व्यवहार गरेको थियो । सयौं नेपाली विद्यार्थीलाई होस्टलबाट निकालिएको थियो । अहिले पनि करिब एक हजार नेपाली विद्यार्थी विभिन्न सहरमा पुगेका छन् । केही नेपाल आइपुगेका छन् ।

नेपाल र भारतमै पनि चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ । प्रहरीले नौजनालाई पक्राउ गरेको थियो । जसमध्ये पाँचजना २० हजार धरौटीमा छुटेका छन् । 

प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भइरहेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।