पानीमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट-  रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ।

घरकोनजिकै रहेको अरूवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

 डुबेर अशक्त भएकी उनको नेश्‍नल अस्पताल विजयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।

यसैगरी रौतहट, माधव नारायण नगरपालिका-४ बिशुनपुर्वाकी १४ महिनाकी छोरी श्रृष्टि कुमारीको बाल्टिनको पानीमा डुबेर मंगलबार बेलुका मृत्यु भएको छ।

डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो। दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।