होस्टलमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको गरियो अन्त्येष्टि
काठमाडौ । होस्टलमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।
हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो ।
उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो ।


