सञ्चारकर्मीका लागि सहकारी अभिमुखीकरण

विराटनगर,फागुन ८ गते । वर्तमान समयमा सहकारी क्षेत्रमा परेको संकटको बारेमा समाचार सम्प्रेषण गर्न सहज होस् भन्ने उद्देश्यले सहकारी शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी सञ्चारकर्मीका लागि बिहीबार अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नेपाल पत्रकार महासंघ विराटनगरमा भएको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई सहकारीको सैद्धान्तिक तथा दार्शनिक अवधारणा एवम् वित्तीय व्यवस्थापन बारेमा जानकारी दिइएको थियो ।

सहकारीका राष्ट्रिय प्रशिक्षक केशवप्रसाद पोखरेलले प्रशिक्षण दिएको कार्यक्रम उपलब्धीमुलक भएको आयोजक सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष दीपक दाहालले बताए । नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले आफूले सहकारीको समाचार रिपोर्टिङ गरेको बताउँदै तालिमले अझ राम्रो कार्य गर्न सकिने बताइन् ।

प्रशिक्षक पोखरेलले सहकारी संस्था भन्नाले वचत तथा ऋण कारोबार मात्र बुझ्न नहुने बताउँदै सहकारीको उद्देश्य अनुरुप काम गरी सदस्यहरुलाई स्वावलम्वी बनाउनु रहेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।