विराटनगर महानगरद्वारा अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताउनुभयो ।

महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गर्नुभयो । “तपाईं विद्यार्थीहरू खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरूलाई सधैं साथ रहन्छ,” मेयर कोइरालाले भन्नुभयो, “प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।” मेयर कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा समेत जोड दिनुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले विद्यालयस्तरदेखि नै विद्यार्थीहरूलाई खोज र अनुसन्धानमा लाग्न विज्ञान प्रदर्शनीले थप प्रेरित गर्ने बताउनुभयो । उहाँले यस्ता प्रदर्शनीले विज्ञान र प्रविधिमा चासो राख्ने विद्यार्थीलाई अगाडि बढ्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उपमेयर कार्कीले विज्ञान र प्रविधितर्फ विद्यार्थीको आकर्षण बढाउन महानगरले हरेक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौलाले महानगरले वृहत विज्ञान प्रदर्शनी गरेर विद्यार्थी–विद्यार्थी बीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यस्तै प्रदर्शनीबाट विद्यार्थीको क्षमता निराखिँदै जाने उहाँको विचार थियो । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान विराटनगर अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतको उपस्थितिमा भएको प्रदर्शनीमा ४७ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले बताउनुभयो । सहभागीमध्येबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालय छनौट गरिनेछ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । महाशाखाका अधिकृत रमेश ढुंगानाका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । २०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए । यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको ढुंगानाले जानकारी दिनुभयो ।

मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले आजै (शुक्रबार) साँझसम्ममा पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गर्नेछ । स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरिने प्रमुख निर्णायक नेपालले जानकारी दिनुभयो । हिसान मोरङ, प्याब्सन विराटनगर, एन–प्याब्सन विराटनगर र नगर बाल क्लब सञ्जालले विज्ञान प्रदर्शनीमा सहकार्य गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।