स्ववियु निर्वाचनको तालिका प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ-संगठन-समूह दर्ता, २ज्ञ गते मतदाता सूची प्रकाशित र २५ गते दिनको १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय छुट्याइएको छ । सोही दिन बेलुका ५ बजेसम्म मतदाता सूचीउपरको दाबी विरोधमा छानविन गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यस्तै, २६ गते उम्मेदवारको लागि मनोनयन वितरण, २७ गते मनोनयन दाखिला र उम्मेदवारको नामावली प्रकाशन गर्ने समय छुट्याइएको छ । २८ गते उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध छानविन गरी नामावली प्रकाशन गरिने, २९ गते उम्मेदवारी फिर्ता लिने अन्तिम समय तोकिएको छ । दुवै तर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम सकिएसँगै सोही दिन नामावली प्रकाशन गरिने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।