मृत फेला दम्पतिको हत्या भएको खुलासा

प्युठान । प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या भएको खुलेको छ । 

प्यूठानका प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।

६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय  श्रीमति हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।  फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ । उनीहरुका चार छोराहरु भारतमा रहेको र  छोरीहरुको विवाह भइसकेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।