मकालुमा दक्षिण एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुँदै

विराटनगर– विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा मकालु प्लाटिनम जुबिली तथा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ।

संखुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ। यही फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुम बजारमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमको संयोजन गरिरहेको मकालु साहित्यिक समाजका अध्यक्ष अग्रज साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए।

कार्यक्रमले मकालु गाउँपालिकालाई मात्रै नभएर सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बुढाथोकीले बताए। उनले दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सवले मकालु, शिवधारा र वणुगोत्री त्रिआयामिक धाार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे। स्थानीय संस्कृति र दक्षिण एसियाली संस्कृति सम्मिलन भई साहित्यिक र सांस्कृतिक विचार आदानप्रदानले सम्बन्धसमेत सुमधुर हुने उनको भनाइ थियो। ‘पहिलोपटक हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक विकाससँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्दछ,’ उनले थपे, ‘कार्यक्रमलाई भव्य बनाउन पूरै संखुवासभा लागिपरेको छ। यो कार्यक्रम भव्य मात्रै होइन ऐतिहासिक हुनेछ।’

कार्यक्रमलाई भव्य बनाउन गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समितिसमेत बनाइएको छ। महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका  कार्यक्रम रहेको संयोजक राईले जानकारी दिइन्।

सोही कार्यक्रममा साहित्य र पत्रकारिताका क्षेत्रमा योगदान पु¥याएको भन्दै विराटनगरका कवि एवम् पत्रकार मीनकुमार नवोदितसहित साहित्य, कला, संस्कृति, पर्यटन, गीतसंगीतलगायतका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ। नवोदितले आफ्ना सिर्जनामा पहाडी ग्रामीण जनजीवनका विषय उठान गर्नुका साथै पत्रकारितामार्फत साहित्यिक तथा सांस्कृतिक विषयलाई आमजनतामाझ पुर्‍याएका कारण महोत्सवका अवसरमा सम्मान गर्न लागेको हो।

विश्वको पाँचौं अग्लो हिमाल मकालुको उचाई ८४६३ मिटर रहेको छ। जुन हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा चारदिने भव्य कार्यक्रम हुन लागेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।